आसुका इन्टरनेशनलले नेपालमा उत्पादन तथा उत्पादित वस्तुहरु जस्तै: कार्पेट, गार्मेन्ट, पस्मिना, हस्तकलाका सामग्री, जडिवुटी, चिया र खनिज लवण युक्त पानी निर्यात गर्दछौ।
कार्पेट: नेपालमा कार्पेट ठूलठूला तानहरुवाट हातले वुनिन्छ। खासगरी यस्को प्रख्यात साइज तिन फिट चौडाइ र लम्बाइ ६ फिटको हुन्छ। तर यो भन्दा ठूलो कार्पेटहरु पनि उपलब्ध छन्। यस्ता कार्पेटहरु विभिन्न डिजाइनहरु जस्तै आगो फालिरहेको ड्रयागन, भगवान वुद्धका चित्रहरु र विभिन्न शेपका नमूनामा उपलब्ध छन्। हामीहरु हातवाट निर्माण गरिएका कार्पेटहरु आकर्षक रुपमा सजाई प्रस्तुत गर्दछौ।
गार्मेन्ट: हामीहरुले न्युनतम मूल्यमा विभिन्न थरीका नेपाली लुगाहरु निर्यात गर्दछौ। नेपालमा धेरै गार्मेन्ट फ्याक्ट्रीहरु छन्। हाम्रो संस्था संग यि गार्मेन्टहरु संग राम्रो सम्बन्ध रहेको छ। यि गार्मेन्टले बजार माग अनुसार लुगाहरु उत्पादन गरी अमेरिका स्थित वालमार्ट, के-मार्ट आदिमा निर्यात गर्दै आइरहेको छ।
|